उपहार न्यूज
उदयपुर फागुन ८
स्वास्थको लागी खेलकुद, देशको लागि खेलकुद भन्ने मुलनारालाई मनन गर्दै त्रियुगा माध्यमिक बिद्यालय गाईघाट २०५४ एसएलसी ब्याजी साथीहरुको आर्थिक सहयोगमा जिल्ला क्रिकेट संघ उदयपुरलाई खेल सामाग्री प्रदान गरिएको छ । एसएलसी व्याजी पूर्व विद्यार्थीहरुले संकलन गरेको ७२ हजार रकम बराबरबाट खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । उदयपुरे खेलाडीहरुलाई हौसला प्रदान गर्न एवं जिल्लामा रहेका क्रिकेट खेल तथा खेलाडीहरुलाई सहयोग होस भन्ने उद्देश्यका साथ खेलकुद सामाग्री एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । खेल सामाग्रीबाट जिल्ला क्रिकेट संघ उदयपुर मार्फत उत्कृष्ट खेल एवं खेलाडी उत्पादन गर्ने आशा एवं अपेक्षा गरिएको छ । खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा ब्याजीको तर्फबाट कुमार अविरलले जिल्लामा रहेका सम्पुर्ण क्रिकेट खेलाडीहरुलाई सहयोग पुग्ने अपेक्षाको साथमा आफ्नो भनाइ राख्नु भएको थियोे । हस्तान्तरण कार्यक्रममा यति ठुलो सहयोगको लागि सम्पुर्ण एसएलसी ब्याजी साथीहरुलाई अध्यक्ष एल्विन बस्नेतले धन्यवाद प्रकट गर्नु भएको थियोे।