उपहार न्युज
उदयपुर, भाद्र २०। उदयपुरमा ठूलो संख्यामा अबैद्य लागूऔषध गाँजा सहित तीन युवा पक्राउ परेको छ ।
पक्राउ परेकालाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेश रामपुरठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक ९एसपीं० गार्धन राईले बताउनुभयो ।
पक्राउ पर्नेमा सुनसरी स्थित धरान उप–महानगरपालिका –१५ श्यामचोक बस्ने ३१ बर्षे धर्मराज श्रेष्ठ, धरान उप–महानगरपालिका–८ बरगाछी बस्ने २८ बर्षे योजेन्द्र गजमेर र सोहि उप–महानगरपालिका–३ का २७ बर्षे पिण्डेश्वर बस्ने ९बिनोद सुनार० पक्राउ परेको हो ।
एसपी राईका अनुसार बि।आर।११ एफ ३२५७ नम्बरको भारतीय बोलेरो जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर उदयपुरको बेलका नगरपालिका–५ स्थित शिखरमाडीबाट सुनसरीको ईटहरीतर्फ लादै गरेको बेला उक्त गाँजा बरामद गरिएको थियो ।
पक्राउ परेको मध्ये पिण्डेश्वर बस्ने भने उक्त गाडी चालक रहेको जनाएको छ । गाँजा बोक्न प्रयोग भएको भारतीय रहेको सशस्त्र प्रहरीले जनाएको छ । उक्त भारतीय गाडिमा ३५ के.जी. बाजा बरामत गरिएको हो ।
पक्राउ परेको तिनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाईने एसपी राईले बताउनुभयो ।