Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटारी जंगलमा टाउको फुटेको अवस्थामा शव फेला, हत्या गरेर फालिएको आशंका

  • उपहार न्यूज
  • बिहिबार, माघ २५ २०८०
कटारी जंगलमा टाउको फुटेको अवस्थामा शव फेला, हत्या गरेर फालिएको आशंका

उदयपुर । उदयपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर– २ गराँस नजिकै अधिकारीटोलमा स्थानीय ३९ वर्षीय युवराज तामाङको शब फेला परेको हो ।

जिल्ला प्रहरी कार्याय उदयपुरका अनुसार मृतकको टाउँकोमा गहिरो चोट देखिएको छ । कसैले हत्या गरेर फालेको हुन सक्ने प्रत्यक्षदर्शी स्थानीयले समेत आशंका गरेका छन् । स्थानीयका अनुसार शबको टाउको फुटेको ठुलो चोट छ । तर, शब भएको ठाउँ र वरपर भने कतै रगत देखिएको छैन ।

चप्पल पैताला मै रहेको र घोप्टो अबस्थामा शब फेला परेको थियो । प्रहरिले घटना संकास्पद रहेको भन्दै अनुसन्धान बढाएको छ । केही संकास्पद मानिस पक्राउ गरी सोधपुछ समेत भइरहेको उदयपुर प्रहरी स्रोतले जनाएको छ । स्थानीयले भने गाँजा तस्कर समूहबाट हत्या भएको हुनसक्ने आशंका गरेका छन् । तर प्रहरीले भने अनुसन्धान पूरा भएपछि मात्र बिस्तृत खुल्ने बताएको छ । तामाङको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।

Last updated:2024 Feb 08 Thursday 11:54:10

प्रतिक्रिया
सम्बन्धित समाचार