उपहार न्यूज
उदयपुर माघ २१
त्रियुगा नगरपालिका वडा नम्बर २ ले वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमका विच वडा कार्यालयलको बार्षिक कार्यक्रम अनुसार ३ सय ७० जना जेष्ठ नागरिकहरुलाई उलनको वर्को र दोसल्ला ओडाएर सम्मान गरेको हो । वडा कार्यालयले यता अति अशक्त अपाङगता भएका ७० जनालाई पोलर ब्ल्यांकेट सहित सम्मान गरेको वडा सचिव मनमोहन थापाले जानकारी दिनु भयो ।
वडा अध्यक्ष घमानसिंह खत्री वडा सदस्य अर्जन पोख्रेल लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्तिथीमा जेष्ठ नागरिक र अति अशक्त अपांगता भएकालाई सम्मान गरिएको हो ।