उपाहार न्यूज
उदयपुर माघ २१
त्रियुगा साना शहरी खानेपानी सरसफाई उपभोक्ता समिति त्रियुगा नगरपालिका १० बोक्सेको नयाँ नेतृत्वको लागि अध्यक्षमा दुई सहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
खानेपानीको अध्यक्ष पदको लागि पूर्व अध्यक्ष शंकर कुमार बस्नेत र निवर्तमान कार्यवहाक अध्यक्ष ओम खड्काको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्ष पदमा शुपराज राई र निगम कुमार कोइराला, सचिव पदमा सन्तोष खड्का र नरेन्द्र कुमार बस्नेत, कोषाध्यक्ष पदमा रेवती रमण गेलाल र नविन राईको उम्मेदवारी परेको छ । त्यसैगरी सदस्यमा तिर बहादुर राई, भविन्द्र खत्री, रीता अछामी, आशा राई, कृष्णकुमारी राई, जित बहादुर बराल, नर्मदा खत्री र डिल्लीनारायण श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य उमेशमणी पोख्रेलले जानकारी दिनु भयो ।
गत माघ १३ गते साधरण सभा सम्पन्न भए संगै खानेपानीको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार अब मनोनयन पत्र र उजुरी उपर जाचँबुझ २३ गते बेलुकी ४ बजे सम्म समय तोकिएको छ भने अन्तिम नामावली प्रकाशन बेलुकी ५ बजे सम्म सार्वजनिक गरिने छ ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन २४ गते बिहान १० बजे देखि बेलुकी २ बजेसम्म समय तोकिएको छ उम्मेदवारको अन्तिम नामावली बेलुकी ५ बजेसम्म सार्वजनिक गरिने छ । उम्मेदवारलाई २५ गते निर्वाचन चिन्ह प्रदान गरिने छ भने निर्वाचन फागुन २१ गते हुने छ ।