Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दोस्रो वडाअध्यक्ष कप कटारी संग कोशी प्रदेश प्रहरी पराजित

  • उपहार न्यूज
  • आइतबार, माघ २१ २०८०
दोस्रो वडाअध्यक्ष कप कटारी संग कोशी प्रदेश प्रहरी पराजित

उपहार न्यूज
उदयपुर माघ २१
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आयोजना भैरहेको दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगीताको आईतबार सम्पन्न खेलमा कटारी फुटवल क्लब बिजयी भएको छ ।
प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी रानी विराटनगरलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै कटारी फुटवल क्लब विजयी भएको हो । कटारी फुटबल क्लबको लागि खेलको दोस्रो हाफको २१ औ मिनेटमा प्रताप राईले निर्णायक गोल गर्न सफल भएका थिए ।
प्रतियोगीतामा कटारी फुटबल क्लबका प्रताप राई म्यान अफ दि म्याच घोषित भए, उनलाई त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष किरण पाण्डे, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, युवा तथा खेलकुद विकास समिति त्रिनपा १० का अध्यक्ष हरिचन्द्र राई र मन्दिप खड्काले पुरस्कृत गरेका थिए । सोमबार माघ २२ गते ताततलैया फुटबल क्लब र माघ १८ गतेको बजेता विच प्रतिस्पर्धा हुने छ । यस्तै मघ २३ गते दुद्यौली स्पोर्टस क्लब सिन्धुली र माघ १९ गतेको बिजेता विच प्रतिस्पर्धा हुने आयोजक समितिका ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो ।
प्रतियोगीताको सेमिफाईनल खेल माघ २४ र २५ गते हुने छ । फ्युजन फुटबल क्लब संगको समन्वयमा आयोजित प्रतियोगीताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैया र दोस्रो पुरस्कार ५१ हजार एक सय एघार रुपैया रहेको छ ।

Last updated:2024 Feb 04 Sunday 13:21:23

प्रतिक्रिया
सम्बन्धित समाचार