Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जातेमा स्व. यादव कार्की स्मृति सभाहलको उद्घाटन

  • उपहार न्यूज
  • शुक्रबार, माघ १९ २०८०
जातेमा स्व. यादव कार्की स्मृति सभाहलको उद्घाटन

उपहार न्यूज
जाते माघ १९
उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ जातेमा स्व. यादव कार्की स्मृति सभा हलको उद्घाटन गरिएको छ । शिक्षक, राजनैतिक तथा बौद्धिक व्यक्तित्व स्व. यादव कार्कीको स्मृतिमा जातेमा स्मृति सभाहल प्रदेश सरकारको तीन लाखको लागतमा निर्माण भएको हो ।
भवनको शुक्रबार एक समारोहका विच प्रदेश सभा सदस्य नारायण बुर्जामगरले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकका अध्यक्ष मेजरकुमार राई, वडा नम्बर ५ का वडा अध्यक्ष कविचन्द्र राई बसन्त, स्थानिय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । दुई सय क्षमताको सभामा स्थानिय स्तरमा हुने कार्यक्रम संचालन तथा व्यवस्थापन गर्नका लागि सहज हुने जनाईएको छ ।

Last updated:2024 Feb 02 Friday 08:59:56

प्रतिक्रिया
सम्बन्धित समाचार