Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सर्पदशं केन्द्रलाई त्रिनपा ८ को सहयोग

  • उपहार न्यूज
  • बिहिबार, माघ १८ २०८०
सर्पदशं केन्द्रलाई त्रिनपा ८ को सहयोग

उपहार न्यूज
उदयपुर माघ १८
त्रियुगा नगरपालिका वडा नम्बर ३ मा रहेको सामुदायीक सर्पदंश केन्द्रलाई त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आवश्यक सामाग्री सहयोग गरेको छ । बर्षेनी सर्पदशंका सयौ विरामीको उपचार गरी सेवा दिदै आएको सर्पदंश केन्द्रलाई त्रियुगा नगरपालिका वडा नम्बर ८ एक लाख बराबरको एक थान एलईडि टेलिभिजन र एक थान कप्युटर हस्ताणतरन गर्नु भएको हो ।
वडा नम्बर ८ का वडाअध्यक्ष राजकुमार राउत, वडा सदस्य जुठे दनुवार तथा वडा कार्यालयका कर्मचारी माधव पोख्रेलले सामुदायीक सर्पदंश केन्द्रका अध्यक्ष पवित्रा गिरी र सचिव यदु ढकाललाई सामाग्री हस्ताणतरन गर्नु भएको हो । सामाग्री हस्ताणतरनको क्रममा बोल्दै सामुदायीक सर्पदंश केन्द्रका अध्यक्ष पवित्रा गिरीले सिमित साधन र स्रोतका विच सामुदायीक सर्पदंश केन्द्र संचालनमा रहेकाले सबै पक्षलाई आवश्यक सहयोगको लागि आव्हान समेत गर्नु भएको छ ।

Last updated:2024 Feb 01 Thursday 14:06:46

प्रतिक्रिया
सम्बन्धित समाचार