उपहार न्यूज
उदयपुर माघ १७
उदयपुरको रौतमाई गाउँपालिकाको प्रशासीकय भवन उद्घाटनको लागि आगामी शनिवार (माघ २० गते) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उदयपुरको भुट्टार आउनु हुने भएको छ । भवन निर्माण सम्पन्न भएर औपचारिक रुपमा प्रशासनिक काम सुरु हुन पूर्व प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम राखिएको रौतामाई गाउँपालिका उदयपुरका अध्यक्ष वीरेन्द्र आलेमगरले बताउनु भयो ।
प्रधानमन्त्रीको आगमन हुने भए पछि गाउँपालिकाले आवश्यक तयारी पुरा गरेको छ प्रधानमन्त्रीको आगमनको क्रममा गाउँपालिकाको समस्या र आवश्यक्ता रहेको विकासको बिषयमा समेत माग राख्ने पालिकाको योजना रहेको जनाईएको छ ।