Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगर प्रमुख बस्नेतले गरे बाल देखि बृद्धा आश्रमको भवनको शिलन्यास

  • उपहार न्यूज
  • बुधबार, माघ १७ २०८०
त्रियुगा नगर प्रमुख बस्नेतले गरे बाल देखि बृद्धा आश्रमको भवनको शिलन्यास

उपहार न्यूज
उदयपुर माघ १७
उदयपुरको त्रियुगा नगरपालिका उदयपुरका नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिका वडा नम्बर १२ मा निर्माण हुन लागेको बृद्धाश्रम, बालआश्रम र अपाङगता तथा असहाय भवनको संयुक्त रुपमा बुधबार विहान शिलन्यास गर्नु भएको छ ।
त्रियुगा नगरपालिका १२ त्रिवेणीमा निर्माण हुने भवनको नगर प्रमुख बस्नेतले औपचारिक रुपमा शिलन्यास गर्नु भएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले त्रियुगा नगरपालिका संगको साझेदारीमा निर्माण गर्न लागेको छुट्छुट्टै दुई भवनको शिलन्यास गरिएको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले वृद्धाश्रम निर्माणको लागि आव्हान गरेको ठेक्कामा श्री एन्जल कन्सट्रक्शन एण्ड सप्लायर्स प्रा.लि शहीदनगर धनुषाले ६३ लाख १३ हजार ८ सय ४९ रुपैयामा मुल्य अभिवृद्धि कर सहित पौष २ गते सम्झौता गरेको थियो ।
यसै गरी सोहि स्थानमा निर्माण हुन लागेको बालबालिका, बृद्ध जेष्ठ नागरिक लागि आवसीय भवनको निर्माणको जिम्मा सुशम निर्माण सेवा एण्ड सप्लायर्स बेल्टारले मुल्य अभिवृद्धि कर सहित ३५ लाख ८३ हजार ८ सय १६ रुपैयामा निर्माणको जिम्मा लिएको छ ।
२०८१ जेठ १५ गते सम्म निर्माण सम्पन्न गरी सक्ने गरी जिम्मा लिएको निर्माण पक्षले शिलन्यास सगै अव भवन निर्माणको काम प्रारम्भ गर्ने समेत जनाएको छ ।
भवन शिलन्यास गर्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले बृद्धाश्रम देखि बालबालिका र जेष्ठ नागरिकको लागि निर्माण गर्न लागिएको का पुण्यको काम भएकाले सबै पक्षलाई सहयोग गर्नका लागि समेत आव्हान गर्नु भयो । उहाँले नेपालमै पहिलो पटक बालआश्रम देखि बृद्धाआश्रम एकै स्थानमा रहने गरी नमुना काम त्रियुगा नगरपालिकाले अघि सारेको समेत बताउनु भयो ।
उहाँले अब त्रियुगा नगरपालिका क्षेत्रको मात्रै नभएर जिल्लाकै अनाथ, अपाङगता, असाहयहरुलाई साहारा दिनको लागि समेत यो कार्यले सहयोग पु¥याउने उहाँले बताउनु भयो । शारिरिक रुपमा अपाङगता भएका व्यक्तिहरु आफ्नै परिवारबाट अपहेलित हुनु पर्ने अबस्थालाई बन्द गर्नको लागि स्थानिय सरकारको तर्फबाट यो कदमको सुरुवात गरिएको उहाँले बताउनु भयो ।
निर्माणधिन आश्रमलाईल व्यवस्थित ढंगले निर्माण गरेर भविष्यमा अन्य दाताहरुलाई समेत भित्र्याउने नगर प्रमुख बस्नेतले बताउनु भयो । भवन शिलन्यासकै क्रममा बोल्दै त्रियुगा नगरपालिकाका पूर्व उपप्रमुख देवीकुमारी चौधरीले अतिक्रमण भैरहेको सार्वजनिक जग्गामा स्थानिय सरकारले गरेको प्रयासको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइका अधिकृत भवानी कट्टेलले विगतमा पनि बौद्धिक अपाङगता भएका बालबालिका र अपाङगता भएका व्यक्तिहरुको आश्रय स्थलको रुपमा यस किसिमको भवन निर्माणका लागि आफुहरुले पहल गरे पनि जग्गा उपलब्ध नहुदा काम अघि बढ्न नसकेको अबस्थामा वर्तमान स्थानिय सरकारले गरेको यो किसिमको कार्य सरानिय भएको बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १२ का वडा कार्यवाहक वडा अध्यक्ष अनिता थापाले उदयपुर जिल्लामानै हिंसामा परेका महिला, बालबालिका, बृद्ध, अपाङगता भएका व्यक्तिहरुको लागि सुविधा सम्पन्न संरचना नहुदाँ अन्य जिल्लामा पठाईनु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका प्रमुखले मुख्य गरी प्राथमिक्ताका साथ भवन निर्माण र संचालनको लागि अग्रसरता देखाउनु भएको प्रति समेत धन्यवाद दिनु भयो ।
शिलन्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधि, नागरिक, पत्रकार, समाजसेवी लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2024 Jan 31 Wednesday 10:54:25

प्रतिक्रिया
सम्बन्धित समाचार