उपहार न्यूज
उदयपुर माघ १६
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा मंगलबारबाट दोस्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगीता सुरु भएको छ । वडा युवा तथा खेलकुद समितिको आयोजना तथा त्रियुगा नगरपालिका वडा नम्बर १० को मुख्य सहयोगमा सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा गाईघाट फुटवल क्लब बिजयी भएको छ ।
मंगलबार त्रियुगा नगरपालिका वडा नं १० बोक्से स्थित गंगा खेल मैदानमा भएको उद्धघाटन खेलमा गाईघाट फुटबल क्लबले बसाहा फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगीता सुरु भएको पहिलो तीन मिनेटमा बसाह फुटवल क्लबको लागि जर्सी नम्बर ५ का केवल तामाङले गोल गर्न सफल भएका थिए ।
एक गोलको अग्रता लिएको बसाह फुटवलक क्लबबको अग्रता धेरै समय टिक्न पाएन खेलको १२ औ मिनेटमा गाईघाटका लागि जर्सि नं १४ का खेलाडी दिवस श्रेष्ठले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए भने पहिलो हाफ एक–एक गोलको बराबरीमा रोकिन पुगेको थियो ।
प्रतियोगीताको दोस्रो हाफको २४ औं मिनेटमा जर्सि नं १४ का दिवश श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै गाईघाटको अग्रता दोब्बर पारे भने थप गरिएको ३ मिनेटको इन्जुरी समयमा जर्सि नं ९ का खेलाडी प्रितम चौधरीले गोल गर्दै गाईघाटको लागी तेस्रो गोल गरे । इन्जुरी समयको अन्तिम ं मिनेटमा बसाहको लागि जर्सि नम्बर १० का खेलाडी सन्जय धिमालले बसाहाको लागी दोस्रो गोल गरे सो गोल सान्तवना मात्रै हुन पुगेको थियो ।
खेलको म्यान अफ द म्याच गाईघाट फुटबल क्लबका जर्सी नं १४ का दिवश श्रेष्ठ घोषित भए । बुधबारको खेल कटारी फुटबल क्लब र इटहरी फुटबल क्लब बिच दिउँसो ३ बजे सुरु हुने आयोजकले वडा खेलकुदका समितिका अध्यक्ष हरिचन्द्र राईले जानकारी दिनु भयो ।
प्रतियोगीतामा बुधबार कटारी फुटवल क्लब र इटहरी फुटवल क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यसै गरी माघ १८ गते बिहिबार फ्युजन फुटवल क्लब बोक्से र स्टार फुटवल क्लब जोगीदह, माघ १९ गते बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब उदयपुर, माघ २० गते गोलबजार फुटबल क्लब र उद्घाटन खेलका बिजेता गाईघाट फुटबल क्लब विच प्रतिस्पर्धा हुने छ ।
त्यसैगरी माघ २१ गते कोशी प्रदेश प्रहरी रानी विराटनगर र माघ १७ गतेको बिजेता टोली, माघ २२ गते ताततलैया फुटबल क्लब र माघ १८ गतेको बजेता, मघ २३ गते दुद्यौली स्पोर्टस क्लब सिन्धुली र माघ १९ गतेको बिजेता विच प्रतिस्पर्धा हुने आयोजक समितिका ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो ।
प्रतियोगीताको सेमिफाईनल खेल माघ २४ र २५ गते हुने छ । फ्युजन फुटबल क्लब संगको समन्वयमा आयोजित प्रतियोगीताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैया र दोस्रो पुरस्कार ५१ हजार एक सय एघार रुपैया रहेको छ ।





