शंकर रिखाम मगर
रौतामाई माघ १५
उदयपुरको रौतामाइ ८ ख्याटुङ र डिल्लिबर गाउँका ६२ घर अब अध्यारो मुक्त हुने भएको छ । सोमाबार एक कार्यक्रमका विच रौतामाई गाउँपालिका उदयपुरका अध्यक्ष बीरेन्द्र कुमार मगर, प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत, वडा नम्बर ८ वडा अध्यक्ष घमानसिंह थापा लगायतको उपस्तिथीमा बिजुली बत्ती उद्घाटन गरिएको थियो ।
२०७७ सालदेखी बिजुली बत्ती बाल्ने उद्देश्य रहेको उक्त गाउँमा ३ वर्ष पछि बिजुली बत्ती बाल्न पाउदा समुदाय हर्षित रहेको रौता वहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष तथा समाजसेवी रुद्रवहादुर रिखाम मगरले वताए । सधै अन्धकार हुने गाउँबस्तीमा अब बालबालिकाको पठन पाठनमा सहज हुने देखि राती सम्म घरायसी कामहरु गर्न सहज हुने समाजसेवी मगरले बताए । गाउँमा वर्षौं देखि बिजुली बत्ती बाल्ने योजना वनाइ कार्यहरु अगाडि बढाउदा पनि सफल नभएको र हाल ३ वर्ष पछि ख्याटुङ र दिल्लिवर गाउका ६३ घरको लगभग ३ सय ६३ जनसंख्या लाभान्वित हुने रौतामाई ८ का वडाअध्यक्ष घमान सिंह थापा मगरेले वताए । उक्त गाउँमा परम्परागत रुपमा चल्ने ढिकी र जातोको कमि हुने पनि वताए बिजुलिको सुबिधा भएपछी हरेक कामकाज गर्न सहजहुने वडाअधक्ष मगरले वताए । बिजुली बत्ती उद्घाटन भयो अब बिस्तारै गाउँको समुहहरुमा तेजपत्ताको पात केलाउने मेसिन उपलब्ध गराउन सक्ने सम्भावना पनि रहेको रौतामाइ गाउँपालिका अध्यक्ष बिरेन्द्रकुमार आले मगरले वताए ।