Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता सुरु

  • उपहार न्यूज
  • आइतबार, माघ १४ २०८०
ताप्लीमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता सुरु

उपहार न्यूज
उदयपुर माघ १४
उदयपुरको ताप्ली गाउँपालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता आईतबार बाट सुरु भएको छ । अन्तर विद्यालय छात्र छात्राहरुको विभिन्न खेलकुद प्रतिभालाई प्रस्फुटन गराउनको लागि रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो ।
ककनिश्वर मावि ठानागाउँको आयोजना तथा ताप्ली गाउँपालिकाको सहयोगमा सुरु प्रतियोगीताको आईतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र उपाध्यक्ष धन माया मगरले उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगीतामा ताप्ली गाउँपालिकाको मावि झिल्के पोखरी, मावि कटहरे, मावि चिसापानी, मावि पिपल भञ्ज्यांङ, महेन्द्र रत्न मावि रुपाटार, ककनिश्वर मावि ठानागाउको प्रतियोगीतामा सहभागीता रहेको छ । तीन दिन सम्म संचालन हुने रनिङ शिल्ड प्रतियोगीतामा भलिवल, एथ्लेटिक्स लगायतका प्रतियोगीता समावेश रहेको पालिकाले जनाएको छ । विद्यालय स्तरका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्दै स्वस्थ्य र अनुशासित नागरिक बन्नका लागि प्रेरित गर्नका लागि प्रतियोगीता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष धन माया मगरले जानकारी दिनु भयो ।

Last updated:2024 Jan 28 Sunday 14:34:04

प्रतिक्रिया
सम्बन्धित समाचार