उपहार न्यूज
उदयपुर माघ १३
उदयपुर समाज काठमाण्डौको आयोजनामा उदयपुरमा सम्पन्न दुई दिने निःशुल्क मृगौला परिक्षण शिविरमा तीन सय बढिले सेवा लिएका छन् । शुक्रबारबाट त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्र शिविरमा आयोजित शिविरमा तीन सय बढिले सेवा लिएको उदयपुर समाज काठमाण्डौका अध्यक्ष तथा बरिष्ठ टेलिभिजनकर्मी मनोहरी थापाले जानकारी दिनु भयो ।
पछिल्लो समय थाहै नपाई मृगौला खराब हुने क्रम बढ्दो रहेको सन्दर्भमा उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरले निःशुल्क मृगौला परिक्षण शिविर आयोजना गरेको हो ।
डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा शिविर सञ्चालन भएको हो । शिविरको उद्घाटन शुक्रबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विशेष अतिथि नेपाली सेना १८ नं. वाहिनीपति मनोज बैदवारले, वडाध्यक्ष तिलक बहादुर कटुवालको उपस्तिथीमा शिविर प्रारम्भ भएको थियो ।
पवित्रा गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समाजका महासचिव बसन्तकुमार कटवालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सनिदप बस्नेत, सदस्य समृद्धि राणाको उपस्थिति थियो ।