Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जाल्पाको २९औं साधारणसभा : उत्कृष्ट कर्मचारी ठहरिए मिलन

  • उपहार न्यूज
  • आइतबार, माघ ७ २०८०
जाल्पाको २९औं साधारणसभा : उत्कृष्ट कर्मचारी ठहरिए मिलन

शंकर रिखाम मगर-
उदयपुर, माघ ६ ।

उदयपुरको एक सामाजिक कार्यमा कृयाशिल रहेको जाल्पा एकीकृत विकास समाजले २९ औं साधरण सभा सम्पन्न गरेकोछ । जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतामा सन्चालन गरिएको साधारणसभामा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतको प्रमुख अतिथी तथा अतिथिहरुमा संस्थापक अध्यक्ष मदनकुमार कटुवाल सदस्य हुकुमबहादुर रानाको साथमा अन्य साधारण सदस्यहरुको वाक्लो उपस्थिती रहेको थियो ।

उक्त सभा त्रिनपा मेयर तथा कार्यक्रमका प्रमुख अतिथी बसन्तकुमार बस्नेतले दिप प्रज्वलन गरि उद्घाटन गर्दै उदयपुरमा रहेको सम्पुणर् संस्थाहरु मध्य हाल जाल्पा पहिलो अग्रतामा रहेको र जुनसुकै कार्यक्रमहरु स्थानिय तहहरुसंग साझेदारि रहेको र परिणाममुखी काम गरेको वताउदै उक्त कार्यहरुको नियमित अनुगमन गर्ने गरेको बताए । आउदो समयमा पनि साझेदारी गर्दै जाने र समन्व्य, सहकार्य पनि गर्दै जाने मेयर बस्नेतले वताए ।

२९ औं साधारण सभाले संस्थालाइ उच्च स्थानमा राख्ने तथा मेहनती र लगनशिल उत्कृष्ट कर्मचारी लिमचुङबुङ,५ जातेका मिलन परियारलाइ छनौट गरि दोसल्ला र प्रसंशा पत्र प्रदान गरि सम्मान गरिएको थियो । संस्थालाई देउसी,भैलि खेलेर २९ वर्ष अगाडि विधिवत रुपमा दर्ता गरेको हिजो जस्तो लागेको र अहिले आउँदा सपना झै लागेको वताउदै जिल्ला बाहिर पनि सम्वन्धित स्थानिय तह र निकायहरुमा समन्वय र सहकार्य गर्दै जान संस्थालाइ आग्रह गरि स्वयम् आफू पनि लागिपर्ने प्रतिवद्धता संस्थापक अध्यक्ष मदनराज कटुवालले गरेकाछन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को संस्थाले गरेको कार्यहरु सचिब सुमन कुमार परियार प्रस्तुत गरेकोथियो । आ.ब.२०७९/०८० को आय व्यय तथा २०८०/०८१ को अनुमानित आय व्यय बिबरण कोषाध्यक्ष गिता श्रेष्ठले प्रस्तुत गरेकिथिइन ।

सभामा अध्यक्ष पुष्पराज पोखरेलले नीति तथा कार्यक्रमको बारेमा प्रस्तुत गर्दै जवाफदेहिता र पारदर्शिता, स्थानिय सरकार संग सझेदारीको अबसर भएको बताउदै चुनौतिको वारेमा दिगो विकासकका लागि श्रोतहरुको पहिचान गर्न नसक्नु, रणनैतिक योजना निर्माण नहुनु, प्रदेशबाट दातृ निकायहरु हट्दै जानू देखि लिएर कार्यक्षेत्र जिल्ला भन्दा बाहिर कार्यक्षेत्र बिस्तार गर्न नसक्नु बताउदै समापन गरेकाथिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार