पुष्प दनुवार
उदयपुर माघ ७
त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आफ्नो वडा भित्रका जेष्ठ नागरिक, जेष्ठ एकल महिला, अपाङगता भएका व्यक्तिहरुलाई फाईवर सिरक वितरण गरेको छ । १२ नम्बर वडाका ३७० जना लाभग्राहिलाई लक्षित गरेर सिरक वितरण गरिएको वडा नम्बर १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाले जानकारी दिनु भयो ।
आईतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा दुई सय पचास जनालाई सिरक वितरण गरिएको हो । आईतबार लिन छुटेकाहरुलाई समेत वितरण गर्ने योजना रहेको वडा अध्यक्ष थापाले जानकारी दिनु भयो ।
वडाको बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, जेष्ठ एकल महिला, एक महिला तथा अपाङगता भएकालाई सिरक वितरण गरिएको वडा सचिव अन्जना कार्कीले जानकारी दिनु भयो ।