उपहार न्यूज
गाईघाट माघ ७
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन १ देखि १० गते सम्म संचालन हुने दोस्रो प्रादेशिक महोत्सवको तयारीमा जुटेको छ । त्रियुगा नगरपालिका १३ स्थित बरुवा बसपार्कमा आयोजना गर्न लागिएको महोत्सव स्थलमा आईतबार शिलन्यास गरिएको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा लगायतका संस्थाका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ, पूर्व उपाध्यक्ष भरतसिंह राई, पूर्व महासचिव गोपाल श्रेष्ठ, वर्तमान महासचिव दिनेश श्रेष्ठ लगायतका संघका पदाधिकारी तथा सदस्य, पत्रकार, कलाकार लगायतको उपस्तिथीमा शिलन्यास गरिएको हो ।
१० दिन सम्म संचालन हुने महोत्सवको तयारीमा लागि परेको त्रियुगा उद्योग वाणिज्य संघले स्थानिय व्यवसाय तथा पर्यटन प्रबद्र्धनको लागि महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिनु भयो ।
