उदयपुर, माघ ६ ।
उदयपुरका माघे संक्रान्ति तथा हुर्रा महोत्सव २०८० सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहस्थित स्थानीय खलमैदानमा बिबिध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो ।
नेपाल मगर संघ त्रियुगा नगर कमिटि र त्रिनपा ४, ५ र ६ नम्बर वडा समितिद्धारा आयोजित महोत्सवलाई त्रियुगा नगरपालिका, रौतामाई नगरपालिका र त्रियुगा ५ नम्बर वडाले विशेष सहयोग गरेको बताइएको छ । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बशन्त बस्नेत, मगर संघका केन्द्रिय उपाध्यक्ष सीता रानामगर, त्रिनपाकी उपाध्यक्ष महेश्वरी राई, ताप्ली गापाकी उपाध्यक्ष धनम मगर, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालगायतको सहभागिता रहेको थियो ।