Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ५१ एम्पुल लागूऔषधसहित धनकुटाका २२ वर्षीय युवक पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, माघ ४ २०८०
उदयपुरमा ५१ एम्पुल लागूऔषधसहित धनकुटाका २२ वर्षीय युवक पक्राउ

उदयपुर, माघ ४ ।
नेपालमा प्रतिबन्धित लागुऔषधसहित उदयपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ४ का स्थानीय २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले बिभिन्न थरीका ५१ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

अस्थाई प्रहरी चौकी चुँहाडेवाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ८ चुँहाडेबाट श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले फेनारगन १७ एम्पुल, ब्रुपिनोफिन १७ एम्पुल, प्रोमेथाईजिन १७ एम्पुल बरामद गरेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

डीएसपी चौधरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई उदयपुर जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी हिरासतमा अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार