उदयपुर । उदयपुरमा बेवारिसे शिशु फेला परेको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ३ स्थित राजाबास डम्पीङसाईडमा मृत अवस्थामा शिशु भेटिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माघ ३ गते करिब साढे १२ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कटारी बजारको फोहोर फाल्ने गरिएको सो ठाउँमा भेटिएको मृत शिशु जन्मिएको १÷२ दिन मात्र भएको प्रहरीले अनुमान गरेको छ । सो पुरुष शिशुको शव ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव निरिक्षक कृष्ण बमको टोलीले मुचुल्का तयार पारी उठाएको थियो । कटारी बजारदेखि करिब १ किलोमिटर दूरीमा भेटिएको शिशु कसैले जन्माएर फालेको हुनसक्ने अनुमान छ ।