Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको ताप्लीमा माघे संक्रान्ति धुमधाम मनाइयो

  • उपहार न्यूज
  • मंगलबार, माघ २ २०८०
उदयपुरको ताप्लीमा माघे संक्रान्ति धुमधाम मनाइयो

उदयपुर, माघ २ ।
ताप्ली गाउँपालिकाको सहयोग तथा नेपाल मगर संघ ताप्लीको आयोजनामा माघे संक्रान्ति मगर मौलिक सांस्कृतीक कार्यक्रम ताप्ली-३ निगालबासमा भब्यरुपले सम्पन्न भयो । मगर संस्कृती र कलाको जगेर्ना गर्ने, भाषा, भेषभुषाको संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय कलाकार शिव थापामगरले हुर्रा गीतमा नचाएका थिए साथै हुर्रा नाच तथा सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष धना मगरले कार्यक्रमलाई सम्बोधन गर्दै मगर समुदाय सांस्कृतिक क्षेत्रसंगै शिक्षा क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनुभयो । यसका लागि पालिकाको सहयोग रहेको बताउनुभयो । पालिकाले मगर जाती मात्र नभई सबै जातजातिको भाषा, संस्कार, संस्कृती जगेर्ना र शिक्षा, स्वास्थ्य पहुचमा जोड दिदै आएको बताउनुभयो ।

विशेष अतिथि मगर संघका केन्द्रीय सदस्य केशव खपाङ्गीले मगरहरु सामाजिक, सांस्कृतिक, राजनितिक सबै हिसावले अगाडि बढ्नुपर्ने बताउनुभयो । वडाध्यक्ष रंगमान तामाङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, संघका प्रदेश प्रथम उपाध्यक्ष राजु खप्तरी मगर, संघका जिल्ला अध्यक्ष हरि आलेमगर, नेपाल बौध सेवा समाजका अध्यक्ष केदार राना मगर, संघकी कटारी सचिव सविता मगर लगायत अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

चौतारी युवा क्लवको प्राङ्गणमा भएको कार्यक्रममा क्लव आवद्ध युवाशरुको विशेष सहयोग रहेको थियो । कार्यक्रम तोपबहादुर मगरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार