Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारी बचत तथा ऋण सहकारीको ११ औ बार्षिक साधरण सभा सम्पन्न

  • उपहार न्यूज
  • आइतबार, पुष २९ २०८०
कर्मचारी बचत तथा ऋण सहकारीको ११ औ बार्षिक साधरण सभा सम्पन्न

उपहार न्यूज
उदयपुर पौष २८
कर्मचारी बचत तथा ऋण सहकारी संस्था उदयपुरको ११ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । कर्मचारीहरुको साझा वित्तिय संस्थाको रुपमा रहेको सहकारीको साधरण सभा शनिवार एक कार्यक्रमका विच गाईघाट स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको हो ।
कर्मचारी बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष निगम कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक नेता भोगनारायण यादव, कर्मचारी युनियनका प्रदेश सदस्य तेज बहादुर पोख्रेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो ।
स्थापनाकाल देखि हाल सम्म करिब १ करोड बढिको कारोबार गरेको सहकारीले अबको दिनको शेयर पुजी बढाउने, नियमित बचत गर्न प्रोत्साहन गर्ने, विशेषगरी कर्मचारीहरुलाई अत्यावश्यक कठिनाई पर्दा राहत दिने तथा सहकारीलाई चलायमान बनाउने योजना रहेको सहकारीका अध्यक्ष निगम कोइरालले जानकारी दिनु भयो । कर्मचारी युनियन उदयपुरको तत्कालिन अध्यक्ष मान बहादुर वनको समयमा २०६८ सालमा स्थापना भएको सहकारीमा सयौको संख्यामा निवृत्त तथा बाहालवाला कर्मचारीहरु आबद्ध रहेको सहकारीका सचिव श्याम कुमार सुन्दासले जानकारी दिनु भयो । यसै विच कर्मचारी युनियन मोरङ र सुनसरीले शनिवार कर्मचारीहरुको वृहत सहभागीतामा केन्द्रिय अध्यक्ष गोपाल पोख्रेलको विशेष उपस्तिथीमा वनभोज कार्यक्रम समेत आयोजना गरिएको कर्मचारी युनियनका प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो ।

Last updated:2024 Jan 14 Sunday 04:46:39

प्रतिक्रिया
सम्बन्धित समाचार