Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अपाङ्गता रोकथामका लागि ताप्ली गाउँपालिका र करुणा फाउण्डेशनको सम्झौता

  • उपहार न्यूज
  • बुधबार, पुष २५ २०८०
अपाङ्गता रोकथामका लागि ताप्ली गाउँपालिका र करुणा फाउण्डेशनको सम्झौता

पुष्प दनुवार
ताप्ली पौष २५
उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा “अपाङ्गता रोकथाम तथा पुन ः स्थापना कार्यक्रम“ सञ्चालन हुने भएको छ । आईतबार गाउँपालिकाले “अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम“ सञ्चालन गर्न करुणा फाउण्डेशन नेपालसंग सम्झौता गरेको छ । ताप्ली गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । ताप्ली गाउँपालिकाको अध्यक्ष ढुङ्ङ्गराज बि.क र करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा सिवाकोटीले “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम“ सञ्चालन गर्न सम्झौता गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राईले बताउनु भयो । कार्यक्रम अन्तर्गत जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता रोकथामका साथै अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य शिविरको सञ्चालन गरी राज्यले दिएको सेवा सुविधाको पहुचमा पु¥याउने उद्देश्यले सम्झौता गरिएको हो । कार्यक्रममा सम्पूर्ण सरोकारवालाहरुको समन्वय, सहकार्य र सहअस्तित्वको महत्वपुर्ण भुमिका रहने उहाँको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी एन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिको निम्ति कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुन ः स्थापना कार्यक्रम संचालन निर्देशिका २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको बीच २०७६ असोज ०८ गते भएको सम्झौता भएको थियो । विभिन्न चरणमा हुने हुने कार्यक्रम अन्तर्गत तेस्रो चरणमा यो कार्यक्रमको उदयपुर, ओखलढुंगा, सोलोखुम्बु र खोटाङ्गको ३४ स्थानीय तहहरुमा चालु आर्थिक बर्ष मा विस्तार भएको छ ।
“अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम“ सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, स्थानीय तह र करुणा फाउण्डेसन नेपालले लागत साझेदारी र राष्ट्रिय अपांगता संगठनको प्राबिधिक सहयोगको संचालित नमुना कार्यक्रम तीन बर्ष सम्म संचालन हुने जनाईएको छ । कार्यक्रममा ताप्ली गाउँपालिकाको उपाध्यक्ष धनमाया मगरले गाउँपालिका भित्र सम्झौता भएसँगै पालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि सबै वडा तथा स्वास्थ्य सस्थासँग समन्वय गरी कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

Last updated:2024 Jan 10 Wednesday 10:24:22

प्रतिक्रिया
सम्बन्धित समाचार