Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरगढीमा पुस २४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

  • उपहार न्यूज
  • सोमबार, पुष २३ २०८०
उदयपुरगढीमा पुस २४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

उदयपुर, पुस २३ ।
जिल्लाको उदयपुरगढी गाउँपालिकामा पुस २४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने भएको छ । हरेक वर्ष हुँदै आएको पालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को दोस्रा संस्करण २६ गतेसम्म सञ्चालन हुने भएको हो ।

उदयपुरगढी गाउँपालिका र स्थानीय नमूना माध्यमिक विद्यालय भलायडाँडाको संयुक्त आयाजनामा हुने प्रतियोगिताको उद्घाटन समारोह उदयपुरगढी ६ स्थित भकुण्डेचौरीमा बिहान १० बजेदेखि हुनेछ । त्यस्तै रनिङ, खेल सञ्चालन उदयपुरगढी ६ स्थित भकुण्डेचौरमा दिउँसो १ः०० बजेदेखि सुरु हुने बताइएको छ ।

पालिकाको युवा तथा खेलकुद शाखा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन र प्रचारप्रसार उपसमितिद्धारा सार्वजनिक खेल तालिका अनुसार लङ जम्प, हाई जम्प, ट्रिपल जम्पलगायत तीन खेल स्थानीय नमूना मावि भलायडाँडामा पुस २५ गते बिहान साढे ७ः०० बजेदेखि सुरु हुनेछ । सोही दिन र खेलमैदानमा बिहान ११ बजेदेखि भलिबल खेल सञ्चालन हुने तालिकामा उल्लेख छ । पुस २६ गते भलायडाँडा माविको प्राङ्गणमा दिउँसो ३ः०० बजे समापन तथा पुरस्कार बितरण कार्यक्रम रहेको पूर्वनिर्धारित कार्यतालिकामा जनाइएको छ ।

उदयपुर जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विकले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्ने प्रतियोगितामा रनिङ, सटफुटलगायतका खेलकुद पनि समावेश रहेको विद्यालयका प्रधानाध्यापक देवीबहादुर राईले जानकारी दिए ।

Last updated:2024 Jan 08 Monday 15:57:39

प्रतिक्रिया
सम्बन्धित समाचार