पुष्प दनुवार
गाईघाट पौष १३
उदयपुरमा एमाले निकट युवा संघ र अनेरास्ववियु कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडप दुई जना विद्यार्थीको गोली लागि काठमाण्डौको बालकुमारीमा मृत्यु भएको विरोधमा प्रदर्शन गरेको छ । प्रहरीको गोली लागि शुक्रबार प्रदर्शनमा सहभागी युवा सुजन राउत र विरेन्द्र साहको मृत्यु भएको थियो ।
उदयपुर सदरमुकाम गाईघाटमा युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन संगै राजिनामा माग गरेका थिए । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बिध्यार्थि इन्चार्ज खगेन्द्र पोखरेल, अनेरास्ववियु केन्द्रिय सदस्य भुवन दाहाल, अनेरास्ववियु जिल्ला सयोजक सन्तोष काफ्ले र युवा संघ प्रदेश सदस्य नविन कार्की, जिल्ला सह सचिव समिप राई, कोषाध्यक्ष प्रकास कार्कीप्रकाश कार्की लगायतले नेतृत्व गर्दै कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई अनेरास्ववियुका केन्द्रिय सदस्य भुवन दाहालले युवालाई रोजगारी दिन नसक्ने सरकारले युवा विद्यार्थीलाई गोली ठोकी हत्या गर्नु निन्दनिय भएको बताउदै यो सरकारको गलगत कदमको सबैले विरोध गर्नु पर्ने बताए ।