Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेस उदयपुरको जिल्ला सम्मेलनको तयारी पुरा 

  • उपहार न्यूज
  • बिहिबार, पुष ५ २०८०
कांग्रेस उदयपुरको जिल्ला सम्मेलनको तयारी पुरा 

उपहार न्यूज

उदयपुर पौष ५

नेपाली कांग्रेस उदयपुरको शुक्रबार उदयपुरको कटारीमा हुने जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली कांग्रेस उदयपुरले जिल्ला सम्मेलनको तयारीको बिषयमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस उदयपुरका सभापती हिमाल कार्कीले बताउनु भयो ।
विहिबार कटारीमा हुने सम्मेलनको लागि कांग्रेसले आवश्यक प्रचार प्रसार तथा जिल्लाभरीबाट आफ्नो नेता कार्यकर्ताहरुलाई सहभागीता हुनको लागि समेत आव्हान गरेको छ । शुक्रबार ११ बजे देखि कटारीमा हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गर्नु हुने छ । सम्मेलनलाई महामन्त्री थापा संगै सहमहामन्त्री भिष्मराज आङदाम्बे, केन्द्रिय सदस्यहरु डा. नारायण खड्का, नारायण बहादुर कार्की, डा. डिला संग्रौला, लक्ष्मी परियार, राजिव कोइराला कोशी प्रदेश सभापती उद्धब थापा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले जिल्ला सम्मेलन संगै पार्टीका आगामी कार्यक्रमहरु अघि बढाईने नेपाली कांग्रेस उदयपुरका सूचना संचार तथा प्रचार विभागका प्रमुख नविन राईले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा पार्टी सभापती हिमाल कार्की, प्रचार प्रमुख नविन राई तथा महाधिवेशन प्रतिनिधि तथा लिम्चुङबुङ गाउँपालिका उदयपुरका उपाध्यक्ष पुष्पलाल राईको उपस्तिथी रहेको थियो ।

 

Last updated:2023 Dec 21 Thursday 09:25:09

प्रतिक्रिया
सम्बन्धित समाचार