Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाई गाउँपालिका बिरुद्ध शिक्षकहरुले लगाएको रिट खारेज

  • उपहार न्यूज
  • मंगलबार, पुष ३ २०८०
रौतामाई गाउँपालिका बिरुद्ध शिक्षकहरुले लगाएको रिट खारेज

उपहार न्यूज
उदयपुर पौष ३
उदयपुरको रौतामाई गाउँपालिका उदयपुरले गत असार २५ मा शैक्षिक सुधार बर्ष २०८० अन्तर्गत शिक्षका दरवन्दि मिलान तथा व्यवस्थापन अन्तर्गत गाउँपालिका भित्र आन्तरिक सरुवाको बिषयलाई लिएर शिक्षकहरुले पालिका विरुद्ध लगाएको रित खारेज भएको छ ।
उच्च अदालत विराटगरमा स्थायी तर्फका शिक्षकहरु वलारम राई, धनुका राई तथा राहत तर्फका शिक्षकहरु रत्ना खड्का, मनुकला साहि र खड्ग गदालले लगाएको रिट खारेज भएको हो ।
पालिकाले ३४ जना शिक्षकहरुको आन्तरिक दरबन्दि मिलान तथा सरुवा गरेको थियो । पालिकाको असार २५ को निर्णय बिरुद्ध अदालत पुगेका शिक्षकहरुले असन्तुष्टि जनाउदै अदालतमा रिट दायर गरेका थिए । सोमबार न्याधिशद्धय निश्चल न्यौपाने र श्रीधर पुडासैनीको संयुक्त इजलासले उक्त रिट खारेज गरेको रौतामाई गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र दाहालले जानकारी दिनु भयो ।
शिक्षकहरुले उक्त निर्णयको विरुद्धमा रौतामाई गाउँपालिका, गाउँपालिका अध्यक्ष, शिक्षा समिति, शिक्षा अधिकृत, शिक्षा शाखा, सामाजिक विकास समिति, वडा नम्बर ३ र ५ का वडा अध्यक्ष लगायत १६ जनको बिरुद्धमा मुद्धा दायर गरेका थिए । सरुवा गर्दा आफूहरूको सहमति नलिएको, पायक ठाउँबाट अपायकमा लगेको तथा प्रधानाध्यापकबाट साधारण शिक्षक कायम गरेको भन्दै उनीहरूले न्यायका लागि उच्च अदालत गुहारेका थिए ।

Last updated:2023 Dec 19 Tuesday 15:32:54

प्रतिक्रिया
सम्बन्धित समाचार