Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सार्वजनिक सुनुवाई संगै अघि बढ्यो वेलका १ मा २४ कोठे विद्यालय भवन

  • उपहार न्यूज
  • मंगलबार, पुष ३ २०८०
सार्वजनिक सुनुवाई संगै अघि बढ्यो वेलका १ मा २४ कोठे विद्यालय भवन

उपहार न्यूज
वेलका पौष ३
उदयपुरको वेलका नगरपालिका वडा नम्बर १ स्थित जनता वेलका मावि वेलका १ पुरन्दहको निर्माण कार्य औपचारिक हिसाबले निर्माण प्रारम्भ हुने भएको छ । बुधबार एक कार्यक्रमका बिच उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद तथा पुर्व मन्त्री डा. नारायण खड्का तथा भारतीय राजदुतावास नियोग उप प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा सिलन्यास गर्नु थिया । ४ करोड ३३ लाख
५३ हजार ५ सय १ रुपैया ३४ पैसा (भ्याट सहित) मा बन्ने उक्त भवनमा नगरपालिकाको २० प्रतिशत र भारतीय राजदुतावासको ८० प्रतिशत रकम लगानी भएको छ । मंगलबार विद्यालयमा निर्माण पूर्वको तयारी अन्तर्गत पहिलो चरणको सार्वजनिक सुनुवाई सम्पन्न गरे संगै विद्यालयको भोलीबाट निर्माण कम्पनीले २४ कोठ विद्यालय भवनको निर्माण कार्य प्रारम्भ गर्ने भएको छ । विद्यालयको भवन निर्माण पूर्व निर्माण कम्पनीले सम्झौता बाहेकको भवन निर्माणस्थलको फाउण्डेशन तयारीको लागि हाल सम्मको लागत कुल १६ लाख १४ हजार ५ सय ८३ रुपैयाको खर्च सार्वजनिक संगै भवनको अवको निर्माण कार्य भने निर्माण कम्पनीले लिने भएको छ ।
१५ महिना अवधिमा निर्माण सम्पन्न गरि सक्ने गरी समृद्ध सम्पन्न विजय सिर्जना जेभिले निर्माणको जिम्मेबारी लिएको छ । मंगलबार विद्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा विद्यालयका प्रअ नारायण रायले हाल सम्म निर्माण कार्य प्रारम्भ पूर्व भवन निर्माणको लागि गरिएको काम र खर्च विवरण सार्वजनिक गर्नु भएको थियो ।
वेलका नगरपालिकाले भारतीय दुतावासको ८० प्रतिशत सहयोगमा निर्माण गर्न लागेको भवनको लागि २० प्रतिशत लागत सहभागीता संगै १३ प्रतिशत भ्याट समेतको सहभागीता जनाएको छ । नगरपालिकाले भवन निर्माणको सम्पूर्ण सामाग्रीहरुको ल्याब टेष्टको लागि संबन्धित निकायमा पठाउने र ल्याब टेष्टको रिपोर्ट आए संगै भवन निर्माणको कार्य प्रारम्भ हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको गौरवको योजनाको रुपमा समेत २४ कोठे विद्यालय भवन रहेकाले हाल सम्म विद्यालयको भवन निर्माणको लागि कानुनी प्राविधिक कार्यहरु सम्पन्न भैसकेकोले अव भने भवन निर्मणको कार्य अघि बढ्ने वेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जानकारी दिनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की वडा नम्बर १ का दिनेश्वर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनीलाल चौधरी, स्थानिय अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2023 Dec 19 Tuesday 15:44:55

प्रतिक्रिया
सम्बन्धित समाचार