उपहार न्यूज
उदयपुर पौष २
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व परराष्ट्र मन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पार्टी भित्रको गुट र उपगुट छुट्याउनु नहुने बताउनु भएको छ । उहाँले पार्टी भित्रका इमान्दार कार्यकर्ताका कारण चुनाव जित्ने र चुनाव जिति सके पछि यो गुट र त्यो गुटको नाममा कार्यकर्ता छुट्याउदा पार्टी कम्जोर हुने उहाँले बताउनु भयो ।
सोमबार उदयपुरको बेल्टारमा नेपाली कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै उहाँले पार्टी भित्रको गुटगत व्यवहारको अन्त हुनु पर्ने बताउनु भएको हो । उहाँले पार्टीका नेताहरुको बटम लाईन जनताको सेवक भएर अघि बढ्नु पर्ने बताउनु भयो, उहाँले विगतका निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन राजनैतिक आवश्यक्ताको हिसाबले गरेको बताउनु भयो ।
उहाँले पार्टी भित्र गठबन्धन गर्नु गलत भएको भास्य निर्माण भैरहदा विगतको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा लड्दा प्राप्त सिट संख्यालाई स्मरण गर्नु पर्ने बताउनु भयो । उहाँले पार्टी भित्र हुने घात अन्तरघातको कारण पनि अन्य शक्ति संग प्रतिस्पर्धा गर्नका लागि गठबन्धन राजनैतिक आवश्यक्ताको आधारमा भएको बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मी परियारले निर्वाचनको समयमा कांग्रेस भएर कांग्रेसलाईनै भोट नहाल्ने प्रवृत्तिका कारण कांग्रेस कम्जोर भएको बताउनु भयो ।
कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले वर्तमान सरकारमा नेपाली कांग्रेस प्रमुख घटक भए पनि सरकारको कामकारबाहिको समिक्षा गर्नु पर्ने औल्याउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सह महामन्त्री विनोदकुमार बस्नेतले पार्टीले गरेको निर्णयलाई सबैलाई पालना गर्नु पर्ने बताउनु भयो । उहाँले कतिपय अबस्थामा जनप्रतिनिधिहरु विवादित बिषयहरुमा फस्ने गरेकाले पार्टीको आधिकारिक निति र विधि भन्दा बाहिर जान नहुने समेत औल्याउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्कीले कांग्रेसका नेताहरुको गल्ती र कम्जोरीका कारण जनतामा देखिएको निरासामा त्यसको फाइदा उठाउदै केहि राजनैतिक दलहरु सलवलाएको देखिन्छ त्यो केवाल क्षणिक भएको बताउनु भयो । उहाँले पार्टीले आगामी पौष ६ गते कटारीमा आयोजना गर्न लागेको जिल्ला सम्मेलन सफल पार्नको लागि सबै सहभागी हुनको लागि समेत अनुरोध गर्नु भयो ।
पार्टी सचिव तथा कटारी नगरपालिका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, पार्टी सचिव मुरारी खड्का, पूर्व क्षेत्रीय सभापती भोजराज खतिवडा, पूर्व क्षेत्रीय सभापती तथा त्रियुगा नगरपालका नगर प्रमुख बसन्तकुमार बस्नेत, महिला संघ उदयपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य लिला राई, वेलका नगर सभापती तथा नगर प्रमुख अशोक कार्की, प्रदेश सभा १ (क) का सभापती अर्जुन दाहाल, १ (ख) का सचिव फिरन खड्काले कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा स्वागत मनतव्य पार्टीका महाधिवेशन प्रतिनिधि रिता चौधरीले गर्नु भएको थियो , कार्यक्रम पार्टीका क्षेत्रीय सभापती खगेन्द्र राईको अध्यक्षता तथा क्षेत्रीय सचिव सन्तोष कोइरालाले संचालन गर्नु भएको थियो ।