Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

देवरथको व्यापार गाईघाटमा सुरु

  • उपहार न्यूज
  • सोमबार, पुष २ २०८०
देवरथको व्यापार गाईघाटमा सुरु

उपहार न्यूज
गाईघाट पौष २
विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको अबस्थामा गाईघाटमा इन्डियन ब्राण्डको तीन पाङग्रे अटो रिस्का देवरथको विक्रि आधिकारिक रुपमा सूरु भएको छ । गाईघाटको लागि आधिकारिक विक्रेता कालिका अटो लिंक गाईघाटले उक्त ब्राण्डको तिन पाँग्रे अटो रिक्सा सोमवबार एक कार्यक्रमको बीच विक्रिको लागि सार्वजनिक गरेको हो त्रियुगा नगर प्रमुख बसन्त बस्नेत र कालिका अटो लिंक गाईघाटका म्यानेजर डाईरेक्टर सुनिल कुमार ठाकुरले केक काटेर रिक्साको लन्च गरेका थिए ।
लन्च सँगै डाईरेक्टर ठाकुरले अन्य रिक्साको दाँजोमा देवरथ ब्राण्डका रिक्सा निकै सहज र सरल रहेको बताए । गाईघामा उक्त कम्पनीको रिक्सानै पहिलो पटक कालिकाले लन्च गरेको ठाकुरको भनाई छ । लन्चको क्रममा पहिलो ५० जना ग्राहकले हरेक अटो रिक्सा खरिदमा एउटा वाशिनमेशिन पाउने पनि ठाकुरले जानकारी गराए । कम्पनीले तत्काल अटो रिक्सा बुक गरी ५० जना भित्र परी वाशिनमेशीन समेत प्राप्त गर्न ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । कालिका अटो लिंकका गाईघाटका म्यानेजर बिनोद खतिवडाका अनुसार यस अटो रिक्साको बजार मुल्य २ लाख ९५ हजार रहेको छ । यस्तै तिन पाँग्रे कार्गोको मुल्य भने ३ लाख ७५ हजार रहेको छ । खतिवडाले हाल बजारमा कुदिरहेको रिक्साको तुलनामा निकै आकर्षक डिजानईन लुक्स, अल्मुनियम खिया प्रतिरोधी, हजार वाटको हेभी मोटर, हेभी बेटरी ब्याक अप, दैनिक फुल चार्जमा १२० किलो मिटर सम्म कुदाउन सकिने जस्ता उपयुक्त सुविधाहरु रहेको जनाए । उक्त रिक्सा गाईघाटवासी स्थानीयहरुलाई भने ५० प्रतिशत डाउन पेमेन्टमै एक बर्ष सम्मको फाईनान्समा बेच्न सकिने पनि म्यानेजर खतिवडाले जनाए ।मोतिगडाका राजन दाहाल देवरथको पहिलो ग्राहक
ल्रन्च गरेकै दिन कम्पनीले एउटा सिटि रिक्सा पनि क्यासमा बेच्न सफल भएको छ । त्रियुगा नगरपालिका वडा नं ३ का राजन दाहालले उक्त रिक्सा क्यासमा ५ हजार घटाएर एक लाख नब्बे हजारमा लिएको हो । दाहालले उक्त रिक्साको बारे आफुलाई राम्रो लागेर तत्काल लिएको जनाए । रिक्सा सँगै दाहालले एउटा वाशिन मेशिन समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार