Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा २२ जनालाइ ५ दिने मनोसामाजिक परामर्श तालिम 

  • उपहार न्यूज
  • आइतबार, पुष १ २०८०
उदयपुरमा २२ जनालाइ ५ दिने मनोसामाजिक परामर्श तालिम 
शंकर रिखाम मगर-
उदयपुर, पुस १ ।
उदयपुरको गाइघाटस्थित आरएन होटलमा ५ दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । बालबालिका तथा परिवारलाइ मनोसामाजिक सहयोग प्रदान गर्ने, समूहगत रुपमा किशोर किशोरिहरुलाइ मनोसामाजिक सहयोग उपलव्ध गराउन र साझेदार संस्थाको टिमलाइ मनोसमाजिक सहयोगमा क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
५ दिने तालिममा मनोसामाजिक समस्याको पहिचान कसरी गर्ने ? कस्ता र के कुराहरुमा ध्यान दिने, सहयोग गर्ने, सुझाव दिने साथै सहानुभुती दिने ? रुपान्तरित विकृती के कारणले हुन्छ ? सेवाग्राहीसँग सम्बन्ध विस्तार गर्न र सहयोग गर्न के गर्नु पर्छ ? प्राथमिक मनोवैज्ञानिक सहयोग के हो ? र बालबालिका मामाथि हुने अत्याचार, दुव्र्यवहार र हिंसाले कस्तो असरहरु पर्न जान्छ भन्ने विषयमा भरत गौतम र राजेश पौडेलले सहजिकरण गरेका थिए ।
५ दिने तालिममा रौतहट, महोत्तरी, सर्लाही र उदयपुरगरि २२ जनाले सहभागिता जनाएका थिए । तालिम जाल्पा, हुरेण्डेक, वागमती सेवा समाज, आरडिसी, दलित समाज उत्थान नेपालको आयोजना तथा वल्र्डभिजन नेपालको सहयोगमा समापन भएको तालिममा वर्ल्ड भिजन नेपालका प्रतिनिधि बाल संरक्षण अधिकृत कृपराज जोशीको साथमा जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले समापन गरेका थिए ।

Last updated:2023 Dec 17 Sunday 14:48:21

प्रतिक्रिया
सम्बन्धित समाचार