शंकर रिखाम मगर-
उदयपुर, मंसिर ३०।
उदयपुरको पहाडी पालिका रौतामाइ गाउँपालिका वडा नम्बर ८ मा बालमैत्री स्थानीय शासन सम्वन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । वल्र्ड भिजन नेपालको सहयोग र जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना तथा रौतामाइ ८ पुवारेको समन्वयमा आयोजनामा सन्चालन गरिएको उक्त कार्यशाला गोष्ठिमा बालमैत्री स्थानिय शासन समिती, वडा बाल अधिकार समिती, स्वास्थ्य शाखा, विध्यालय, टोल विकास संस्था, वडा बाल सन्जाल, बालक्लव र आमा समूहका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
दुई दिनसम्म सन्चालित कार्यशालामा आ-आफ्नो तहवाट बालमैत्री घोषणा गर्नको लागि कागजी प्रकृया सहित सम्पुणर् कामहरु गर्न लागि पर्ने श्री आधारभुत विद्यालय डिल्लिवरका प्रधनाध्यापाक टेकवहादुर थापा मगरले मन्तव्यको क्रममा प्रतिवद्धता जाहेर गरेकोछ ।
बाल बालिकाको हकहितको लागि बाल विबाह न्युनिकरणका अभियान, जन्म दर्ताका अभियान, बाल श्रम, बाल हिंसा, बाल दुर्व्यवहार र अन्य अभियानहरु सन्चालन गर्नको लागि अगाडि वढ्न सहयोग गर्ने रौतामाइ ८ का बालक्लव हरुका प्रतिनिधिलगायत वडा स्तरिय बाल संजालका सदस्य काजि मगरले प्रतिवद्धता जनाएकाछन ।
बालमैत्री घोषणाका लागि ५१ सुचकहरुमा ८० प्रतिशत कार्यहरु सम्पन्न भएको तर कागजी प्रकृया र फायलिङ्ग नभएको कारण पछाडी परिएको वताउदै अवको दिनमा सवै प्रमुख प्रतिनिधिहरुले सहयोग गर्दै बालमैत्री घोषणामा सहयोग गर्न रौतामाइ,८ का वडा अध्यक्ष घमान सिंह थापा मगरले आग्रह गरेको छ । कार्यशालामा रौतामाइ,८ का स्वास्थ्य शाखा प्रमुख महेशकुमार खड्का र वडा सचिव सन्तोषकुमार वस्नेतका अनुसार पूरा गर्नु पर्ने ५१ सुचकहरुमा लगभग ८०/८५ प्रतिशत सम्पन्न भएको वताउदै आउने पुस र माघ महिना भित्र सम्पणर् कार्यहरु सम्पन्न गरि फाइलिङ्गको तयारिहरु सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
बालमैत्री घोषणाका पुर्व तयारिका चरणहरुको वारेमा कहाँ र कस्ले गर्ने ? सहजिकरण गर्दै ५ क्षेत्र अन्तर्गत पर्ने बाल वचाउ, बाल सहभागिता, बाल संरक्षण, बाल विकास र संस्थागत विकासको ५१ सुचकको वारेमा प्रस्तुती गर्दै कुन तह र कस्को जिम्मेवारि रहने भन्ने वारेमा जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले प्रष्ट पार्दै कुन काम कुन क्षेत्रले गर्ने र बजेटको व्यवस्थापन कसरी गर्ने भन्दै बजेटको विभाजन गर्दै कामको बाडफाड सहित कार्ययोजना तयारिको लागि जाल्पाका अध्यक्ष पोखरेलले सहजिकरण गरेकाथिए ।
बालमैत्री स्थानिय शासनको बारेमा सुचक लगाएत अवधारणा, पुर्व तयारी चरण, तयारी चरणारुको बारेमा र कानुनी प्रावधानको वारेमा छलफल गर्दै आउदो फागुन २८ गते रौतामाइ,८ लाई बालमैत्री वडा घोषणा गर्ने सम्पुणर् तहवाट हस्ताक्षर गरि निणर्य गरिएकोछ ।