Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रतिबन्धित लागुऔषध सहित एकै दिन तीन पक्राउ

  • उपहार न्यूज
  • शनिबार, मंसिर ३० २०८०
प्रतिबन्धित लागुऔषध सहित एकै दिन तीन पक्राउ

उपहार न्यूज
उदयपुर मंसीर ३०
जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रतिबन्धित लागुऔषध सहित शुक्रबार तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले त्रियुगा नगरपालिका ४ बगाहबाट त्रिनपा १३ का २७ बर्षिय रोयल राईलाई फेनारगन ८८ एम्पुल,डाईजेपाम ८८ एम्पुल,ब्रुप्रिनोरफिम ८८ एम्पुल गरी जम्मा २६४ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो । राईलाई दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यता जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ हाडेबासँमा उदयपुर रौतामाईगा.पा वडा नं. ४ बस्ने बर्ष २३ को नेत्र परियार र ऐ.ऐ बस्ने बर्ष ५२ को दुर्गा बहादुर रोक्कालाई लागू औषध गाँजा १६ केजी ३३० ग्राम सहित फेला पारी पक्राउ गरी दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2023 Dec 16 Saturday 11:34:42

प्रतिक्रिया
सम्बन्धित समाचार