Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

डा. नारायण खड्काको विशेष पहल जनता मावि पुरन्दहको १६ कोठे भवन शिलन्यास

  • उपहार न्यूज
  • बुधबार, मंसिर २७ २०८०
डा. नारायण खड्काको विशेष पहल जनता मावि पुरन्दहको १६ कोठे भवन शिलन्यास

उपहार न्यूज
वेलका मंसीर २७

बेलका नगरपालिका वडा नं १ पुरन्दहमा रहेको जनता बेलका माध्यामिक बिधालयमा २४ कोठे भवन बन्ने भएको छ। नेपाल भारत सहयोग कार्यक्रम अन्तरगत पुरन्दहमा उक्त भवन बन्ने भएको हो। बुधबार औपचारिक कार्यक्रमका बिच उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद तथा पुर्व मन्त्री डा. नारायण खड्का तथा भारतीय राजदुतावास नियोग उप प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा सिलन्यास गर्नु भएको छ। ४ करोड ३३ लाख (भ्याट सहित) मा बन्ने उक्त भवनमा नगरपालिकाको २० प्रतिशत र भारतीय राजदुतावासको ८० प्रतिशत रकम लगानी भएको छ। तीन तला र २४ कोठाको बन्ने बिधालय भवन सुबिधा सम्पन्न हुने निर्माणको जिम्मा पाएको समृद्दी सम्पन्न बिजय सिर्जना जे भिका प्रोपाइटर एकेन्द्र बिष्टले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक कार्किले बिद्यार्थीको चापलाई मध्ये नजर गर्दै बिधालय भवनको माग गरेको र भवन निर्माणपछि विपन्न विद्यार्थी अध्यनका लागि सहयोग पुग्ने र ‘विद्यालयका लागि पक्की भवन बन्ने भएपछि हामी सबै खुसी भएका छौं, ‘भवन निर्माणपछि पठनपाठन सहज हुने नगर प्रमुख अशोक कार्कीजानकारी दिनुभयो। उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद तथा पुर्व मन्त्री डा. नारायण खड्काले भारतीय राजदुतावास र स्थानीय सरकारको सहयोगले बन्ने विद्यालय भवनमा गुणस्तरीय शिक्षा सञ्चालन गर्न सहयोग पुग्ने बताउनु भयो। भारतीय राजदुतावास नियोग उप प्रमुख प्रसन्न श्रीवास्तवले बिधालय भवन निर्माण सम्पन्न पश्चात् यश क्षेत्रको समुदाय र बिद्यार्थीको लागि अशल शिक्षा प्रदान गर्न सहज हुने बताउनु भयो। कार्यक्रममा प्रदेश सांसद राजन किराँती, लिला राई,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम , वडा अध्यक्षहरु डिनेश्वर चौधरी , प्रेम दाहाल, टंक प्रसाद आचार्य , तिर्थराज अधिकारी , जय कुमार राई, निकेश राई, पदम खड्का , लगायत बिद्यार्थी शिक्षक स्थानीय ब्यातिको उपस्तिरहेको थियो।

Last updated:2023 Dec 13 Wednesday 14:10:56

प्रतिक्रिया
सम्बन्धित समाचार