उपहार न्यूज
गाईघाट मंसीर २२
सितोरियो कराते महासंघ र सितेरियो कराते संघ उदयपुरको संयुक्त आयोजनामा उदयपुरमा आगामी मंसीर २८ गते देखि प्रदेश स्तरीय कराते प्रतियोगीता हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सितेरियो कराते उदयपुरले प्रतियोगीता आयोजना बारे जानकारी दिएको होे । गाईघाट स्थित होटल ग्राभेटिमा आयोजना गरिएका पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष ध्रुब खड्काका अनुसार विभिन्न १५ तौल समुह प्रतिस्पर्धा गराईने जानकारी दिनु भयो । प्रदेशभरीका एक सय ५० खेलाडिले प्रतियोगीतामा सहभागीता जनाउने छन् ।
थरुहट रंगशाला गाईघाटमा आयोजना हुने प्रतियोगीतालाई त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, कटारी नगरपालिका र वेलका नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । जिल्लामा कराते खेलको विकासको लागि र यसलाई चलायमान बनाउनको लागि प्रतियोगीता आयोजना गर्न लागिएको उहाँले जनाउनु भयो ।