Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा पार्किङ निषेधित क्षेत्र र वान वे तोकियो सडकपेटी खाली गर्न १५ दिन म्याद

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर २२ २०८०
गाईघाटमा  पार्किङ निषेधित क्षेत्र र वान वे तोकियो सडकपेटी खाली गर्न १५ दिन म्याद

उपहार न्यूज
गाईघाट मंसीर २२
त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएको छ । त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी, त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघको शुक्रबार बसेको संयुक्त बैठकले गाईघाट बजार क्षेत्रको पार्किङलाई व्यस्थित गर्ने भएको छ । संयुक्त बैठकले बजार क्षेत्रमा पार्किङ लाई व्यवस्थित गर्नका लागि पार्किङ क्षेत्र र निषेधित क्षेत्र समेत तोकिएको छ ।
अब गाईघाट बजारमा पिजि चोक गाईघाट मुख्य चोक हुदै आँखा अस्पताल सम्म दक्षिण तर्फको भागमा पार्किङ निशेध गरिने भएको छ । सो क्षेत्रको जिके पुस्तक पसल देखि पिजि चोक सम्मको उत्तर पट्टिको क्षेत्रलाई दुई पाङग्रे सवारीको लागि पार्किङ क्षेत्र तोकिएको छ ।
त्यसैगरी विप चोक देखि बैंक लाईन वान वे गरिने भएको छ, सो क्षेत्रमा सवारी चाप बढ्ने भएकोले विहान ९ बजे देखि साझ ५ बजे सम्म विपि चोकबाट प्रवेश गर्ने सवारी टेम्पो चोक हुदै बाहिरीने व्यवस्था मिलाईने भएको छ । त्यसैगरी बजारका अन्य भागहरुमा फुटपाथ व्यवस्थापनका लागि त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघ र ट्राफिक प्रहरीले व्यवस्थापनको काम अघि बढाउने भएको छ ।
बजार क्षेत्रमा सडकपेटी मिचेर व्यवसाय संचालन गर्दै आएका संगै सडक पेटिमा अबरुद्ध भएको स्थानमा सडक पेटी खाली गराउनका लागि १५ दिने सूचना समेत जारी गर्ने बैठकले निर्णय गरेको छ । शुक्रबार विहान त्रियुगा नगरपालिकामा आयोजित बैठकमा त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरी, ट्राफिक इन्चार्ज बरिष्ठ प्रहरी नायव उपरिक्षक लोक बहादुर दियाली, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्की, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायत व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

 

Last updated:2023 Dec 08 Friday 06:11:07

प्रतिक्रिया
सम्बन्धित समाचार