शंकर रिखाम मगर
उदयपुर, मंसिर २०। रौतामाइ,६ र लिमचुङबुङ,५ मा बालमैत्री स्थानिय शासन सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न भएकोछ । उक्त सन्चालित कार्यशाला गिष्ठिमा बालमैत्री स्थानिय शासन समिती, वडा बाल अधिकार समिती, स्वास्थ्य शाखा, विध्यालय, टोल विकास संस्था, वडा बाल सन्जाल, बाल क्लव र आमा समुहका प्रतिनिधिहरुको उपस्थिती रहेकोथियो । कार्यशालामा गोष्ठिमा आफ्नो तहवाट बालमैत्री घोषणा गर्नको लागि कागजी प्रकृया सहित सम्पुर्ण कामहरु गर्न लागि पर्ने श्री आधारभुत विद्यालय नामान्ताका प्रधनाध्यापाक तेज विक्रम मगरले मन्तव्यको क्रममा प्रतिवद्धता जाहेर गरेकोछ । बाल बालिकाको हकहितको लागि बाल विबाह न्युनिकरणका अभियान, जन्म दर्ताका अभियान, बाल श्रम, बाल हिंसा, बाल दुर्व्यवहार र अन्य अभियानहरु सन्चालन गर्नको लागि अगाडि वढ्न सहयोग गर्ने रौतामाइ गाउँपालिका स्तरिय बाल संजालका सह सचिव तथा रौतामाइ,६ वडा बाल सन्जलकी अध्यक्ष बिनिता बि.क.ले प्रतिवद्धता जनाएकिछिन । बालमैत्री घोषणाका लागि ५१ सुचकहरुमा ८० प्रतिशत कार्यहरु सम्पन्न भएको तर कागजी प्रकृया र फायलिङ्ग नभएको कारण पछाडी परिएको वताउदै अवको दिनमा सवै प्रमुख प्रतिनिधिहरुले सहयोग गर्दै बालमैत्री घोषणामा सहयोग गर्न रौतामाइ,६ का वडा अध्यक्ष पृथ्वीकुमार राइले आग्रह गरेकोछ । बालमैत्री घोषणाका पुर्व तयारिका चरणहरुको वारेमा कहाँ र कस्ले गर्ने ? सहजिकरण गर्दै ५ क्षेत्र अन्तर्गत पर्ने बाल वचाउ, बाल सहभागिता, बाल संरक्षण, बाल विकास र संस्थागत विकासको ५१ सुचकको वारेमा प्रस्तुती गर्दै कुन तह र कस्को जिम्मेवारि रहने भन्ने वारेमा जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले प्रष्ट पारेकाथिए । वर्ल्ड भिजन नेपालको सहयोग, जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना र रौतामाइ,६ को समन्वयमा सम्पुर्ण सुचकका कार्य विभाजन पनि गरिएकोछ । उक्त कार्यशाला गोष्ठिमा जाल्पाका सामाजिक परिचालक केशवकुमार रायाले सहजिकरण र सहकार्य गरेकाथिए । त्यसै गरि लिमचुङ,५ जातेमा पनि बालमैत्री स्थानिय शासनको बारेमा सुचक लगाएत अवधारणा, पुर्व तयारी चरण साथै कानुनी प्रावधानको बारेमा वर्ल्ड भिजन नेपालका बाल संरक्षण अधिकृत कृपराज जोशिले प्रष्ट पारेकाथिए । लिमचुङबुङ,५ लाई वैशाख १५ सम्ममा वालमैत्री वडा घोषणा गर्ने लक्ष्य रहेको वडा अध्यक्ष कविचन्द्र राइले वताए ।