उपहार न्यूज
सप्तरी मंसीर २०
सप्तरीको बलान विहुल गाउँपालिकाले भुमिहि, दलित, सुकुम्बासीहरुलाई लगत प्रमाणिकरण गरी निस्सा दिन सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका विच गाउँपालिकाको कार्यालयमा वडा नम्बर १ का १७ जना भुमिहिन, दलित, सुकुम्बासीहरुलाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादवकोले जग्गाको निस्सा वितरण गर्नु भएको हो ।
गाउँपालिका अध्यक्षले आफु उम्मेदवार बन्दै गर्दा भुमिहिन, सुकुम्बासी दलितहरुलाई जग्गाको लालपुर्जाको लागि पहल गर्ने उद्घोष गरे बमोजिम जग्गाको निस्सा प्रदान गरिएको अध्यक्ष यादवले जानकारी दिनु भयो । उहाँले अब चाडै नापी गरेर लालपुर्जा वितरणको समेत तयारी गर्ने बताउनु भयो ।
बलान विहुल गाउँपालिकामा वडा नम्बर १ का १७, वडा नम्बर २ को २, वडा नम्बर ३ को २१, वडा नम्बर ४ को १३, वडा नम्बर ५ को ५२ र वडा नम्बर ६ को २८ जना दलित, भुमिहिन र सुकुम्बासीको लगत प्रमाणिकरण गरेर भुमि आयोगलाई समेत पठाईएको गाउँपालिकाले जनाएको छ ।