Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा हत्या गरी खाल्डो खनेर पुरिएको शव फेला

  • उपहार न्यूज
  • मंगलबार, मंसिर १९ २०८०
उदयपुरमा हत्या गरी खाल्डो खनेर पुरिएको शव फेला

उदयपुर, मंसिर १९ ।
हत्या गरी गाडीएको अवस्थामा उदयपुरबाट एक पुरुषको शव बरामद भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ दमौटीमा स्थानीय ६० वर्षीय श्याम राईको शव पुरिएको अवस्थामा खाल्डोभित्र फेला परेको हो ।

स्थानीय जनप्रतिनिधि (वडा सदस्य) कुवेरकुमार मगरका अनुसार शव गाडिएको स्थान करिब आज बिहान ७ बजेतिर पत्ता लागेको हो । मृत अवस्थामा खाल्डोभित्र भेटिएका श्याम तीन दिनदेखि सम्पर्कबिहीन थिए । गाउँमा हल्लीखल्ली भएपछि गाउँले खोजतलासमा जुटेको वडा सदस्य मगरको भनाई छ । उनका अनुसार घटनास्थल पुगेको प्रहरीलाई भने आफूले नै श्रीमान्को हत्या गरेको स्वीकार गरेका छन् ।

यता घटनामा संलग्न रहेको आरोपमा मृतक श्यामका श्रीमति नीरमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरतर्फ ल्याउने तयारी भइरहेको छ ।

घटनास्थलको पूरा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।

  • वा युट्युबमा गई TRENDING DOZ च्यानल सर्च गरेर समेत ताजा अपडेटहरु हेर्नु सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार