Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

अभियान्ता नजबुलको पहलमा ६ बालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ति

  • उपहार न्यूज
  • सोमबार, मंसिर १८ २०८०
अभियान्ता नजबुलको पहलमा ६ बालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ति

उपहार न्यूज
उदयपुर मंसीर १८
सामाजिक अभियानकर्मी तथा मुलधार महिला सेवा केन्द्र मासवेस उदयपुरका अध्यक्ष नजबुल खानको विशेष पहलमा त्रियुगा नगरपालिकाका ६ जना बालिकाहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिएको छ । यु जी नेपाल छात्रवृत्ति २०८० अन्तर्गत त्रियुगा नगरपालिका वडा नम्बर ३ का सुन्न खातुन, वडा नम्बर १२ का प्रियका कुमारी साह, त्रिनपा ६ का मन्जिरा खातुन, त्रियुगा नगरपालिका ३ का कबिरा खातुन, नेपालटारका आकृति भुजेल र त्रिनपा १२ का रुकसाना खातुनलाई छात्रवृत्ति प्राप्त भएको हो । मधेशी,मुस्लिम र पिछडिएको समुदायका छोरीहरुमा
उच्च शिक्षा दिलाउन लागि विशेष पहल गर्दै आएका अभियानकर्मी खानको पहलमा बालिकाहरुलाई गाईघाट स्थित बरुवा क्याम्पसमा स्नातक तह अध्यायन गर्नका लागि छात्रवृत्ति प्राप्त भएको हो । अभियानकर्मी खान शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रिय सदस्य, आभास अभियनका अध्यक्ष तथा सूचनाको हकको लागि कोशी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य समेत हुन् ।

Last updated:2023 Dec 04 Monday 06:18:20

प्रतिक्रिया
सम्बन्धित समाचार