उपहार न्यूज
उदयपुर ताप्ली मंसीर १७
ताप्ली गाउँपालिका उदयपुरले ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अबसर पारेर १८ जनालाई साहयता सामाग्री वितरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका १८ जनालाई बैशाखी तथा ह्विल चेयर वितरण गरेको हो । ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पालिका आयोजित एक कार्यक्रमका विच पालिकाले १२ जनालाई बैशाखी र ८ ओटा ह्विल चेयर वितरण गरेको ताप्ली गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समिति संयोजक धनम मगरले जानकारी दिनु भयो ।
आईतबार आयोजित कार्यक्रममा वितरण गर्न बाकी सहायक सामाग्री वडा तथा गाउँमै पुगेर चाडैं वितरण गरिने पालिका अध्यक्ष ढुंगराज विश्वकर्माले बताउनु भयो ।
पालिकामा प्रदेश सरकारले समेत अपांगता भएकाहरुको स्वास्थ, शिक्षा, जिविकोपार्जन र सामाजिक क्षेत्रमा काम गरिरहेको छ ।