उपहार न्यूज
गाईघाट मंसीर १०
नेपाली कांग्रेसले शनिवार उदयपुरगढि गाउँपालिका वडा नम्बर ७ जोगीडाँडामा भएको दुर्घटनाका घाईतेहरुको उचित उपचारको व्यवस्था मिलाउन प्रदेश सरकार संग माग गरेको छ । नेपाली कांग्रेस उदयपुरका सभापती हिमाल कार्कीले एक विज्ञप्ती जारी गर्दै मृतक प्रति दुःख व्यक्त गर्दै गम्भीर घाईते भएकाहरुको उपचारका लागि सरकार संग माग राखेको हो ।
शनिवार त्रियुगा नगरपालिका ५ देउरी स्थित अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालयको प्र ०५ ००१ ख ००४४ नम्बरको बस बनभोज बाट अभिभाव र विद्यार्थी बोकी फर्कने क्रममा दिउसो १ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी त्रिनपा ६ का ७ बर्षिय सोमिया चौधरी, ११ बर्षिय विकास चौधरी र सवारी चालक ४० बर्षिय भिखन चौधरीको मृत्यु भएको थियो भने ३९ जना घाईते भएका थिए ।