Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीका जनप्रतिनिधि र कर्मचारीले पारिश्रामिक रकम भुकम्प पिडितलाई सहयोग गर्ने

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर ८ २०८०
ताप्लीका जनप्रतिनिधि र कर्मचारीले पारिश्रामिक रकम भुकम्प पिडितलाई सहयोग गर्ने

उपहार न्यूज
ताप्ली मंसीर ८
उदयपुर ताप्ली गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रामिक बापतको रकम जाजरकोट र रुकुमका भुकम्प पिडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विहिबार सम्पन्न कार्यपालिकाको बैठकले जनप्रतिनिधिको १० दिनको पारिश्रामिक तथा कर्मचारी, शिक्षक लगायत पालिका मातहतका कर्मचारीहरुको १ दिनको तलब भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष धनम मगरले जानकारी दिनु भयो ।
जाजरकोट र रुकुम केन्द्र विन्दु बनाई कात्तिक १७ गते गएको भुकम्पको कारण घरबार विहिन हुनु परेको जाजरकोट र रुकुमको नागरिकलाई सहयोग पुर्याउनको लागि आफुहरुले सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्माले जानकारी दिनु भयो ।

Last updated:2023 Nov 24 Friday 02:11:54

प्रतिक्रिया
सम्बन्धित समाचार