Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा वडा नम्बर १ का २८ जेष्ठ नागरिकलाई न्यानो कपडा

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १ २०८०
त्रियुगा वडा नम्बर १ का २८ जेष्ठ नागरिकलाई न्यानो कपडा

उपहार न्यूज
उदयपुर मंसीर १
त्रियुगा नगरपालिका वडा नम्बर १ ले आफ्ना वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विगत बर्षहरुमा झै यस बर्ष पनि जाडो याम सुरु हुन लागे पछि वडाको विनियोजित बजेटबाट खर्च हुने गरी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई तथा वडा अध्यक्ष मनोज चौधरी, वडा सचिव कुमारसिंह थापा लगायत वडा सदस्य, पत्रकारको उपस्तिथीमा वडाले न्यानो कपडा वितरण गरेको हो ।
वडाले यस बर्ष जेष्ठ नागरिक तथा एक महिला गरी २८ जनालाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो । वडाले बर्षेनी जेष्ठ नागरिक तथा जेष्ठ नागरिक एकल महिलाहरुलाई सामाजिक सुरक्षा अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दै आएको वडा अध्यक्ष मनोज चौधरीले जानकारी दिनु भयो ।

Last updated:2023 Nov 17 Friday 11:36:06

प्रतिक्रिया
सम्बन्धित समाचार