Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा वडा नम्बर ८ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३२५ ले लिए सेवा

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २१ २०८०
त्रियुगा वडा नम्बर ८ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा ३२५ ले लिए सेवा

उपहार न्यूज
उदयपुर कात्तिक २०
त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको मुटु रोग संबन्धि निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २५ जनाले सेवा लिएका छन् । सोमबारबाट सुरु भएको शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ८ संगै वडा नम्बर ७ र ९ बाट समेत सहभागी भएको वडा अध्यक्ष राजकुमार राउतले जानकारी दिनु भयो ।
त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आफ्ना स्थानिय वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर सोमबार र मंगलबाु दुई दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
समाजसेवी सरोजकुमार बस्नेतको समन्वयमा नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा आयोजित शिविरमा पहिलो दिन एक सय जना भन्दा बढिले सेवा लिए थिए ।
वडा अध्यक्ष राउतको अनुसार मुटुरोग संबन्धि विशेषज्ञ चिकित्सक सहित निःशुल्क शिविरमा स्थानियहरुको उत्साहजनक सहभागीता रहेको बताउनु भयो उहाँले आगामी दिनमा पनि वडाले वडाबासीहरुको लागि जनस्वास्थ्यका कार्यक्रमहरु निरन्तर संचालन गर्ने बताउनु भयो ।
शिविरमा बरिष्ठि मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल, डा. दिपकराज वराल र डा. निशा याक्सोले सेवा दिईरहनु भएको शिविरका व्यवस्थापक तथा नोवेल मेडिकल कलेजका बजार प्रमुख नविन दाहालले जानकारी दिनु भयो ।

Last updated:2023 Nov 07 Tuesday 11:12:06

प्रतिक्रिया
सम्बन्धित समाचार