उपहार न्यूज
उदयपुर कात्तिक २०
त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आफ्ना स्थानिय वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सोमबारबाट त्रियुगा नगरपालिका वडा नम्बर ८ स्थित दनुवार भवनमा शिविरको आयोजना गरिएको हो ।
नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा आयोजित शिविरमा पहिलो दिन एक सय जना भन्दा बढिले सेवा लिएको त्रियुगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार राउतले जानकारी दिनु भयो । राउतको अनुसार मुटुरोग संबन्धि विशेषज्ञ चिकित्सक सहित निःशुल्क शिविरमा स्थानियहरुको उत्साहजनक सहभागीता रहेको बताउनु भयो ।
सोमबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घटाटन गर्नु भएको शिविर मंगलबार सम्म संचालन हुने छ । शिविरमा बरिष्ठि मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल, डा. दिपकराज वराल र डा. निशा याक्सोले सेवा दिईरहनु भएको शिविरका व्यवस्थापक तथा नोवेल मेडिकल कलेजका बजार प्रमुख नविन दाहालले जानकारी दिनु भयो ।