Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भुकम्प पिडितलाई सहयोग गर्न त्रियुगा नगरपालिकाको आव्हान

  • उपहार न्यूज
  • सोमबार, कार्तिक २० २०८०
भुकम्प पिडितलाई सहयोग गर्न त्रियुगा नगरपालिकाको आव्हान

उपहार न्यूज
उदयपुर कात्तिक २०
उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई आर्थिक रकम सहयोग गर्न आम सर्व साधारण देखी व्यबसायी, कर्मचारी, बुद्धिजीवी र समाजसेवीहरुमा अपिल गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा सहायता सामग्री पठाउन आर्थिक सहायता रकम जम्मा गर्न नगरपालिकाले सम्पूर्णमा अपिल जारी गरेको हो ।
नगरप्रमुख बसन्त कुमार बस्नेत द्वारा हस्ताक्षर गरेको अपिलमा त्रियुगा नगरपालिका क्षेत्र बाट पनि राहत संकलन गरि मानवीय सेवामा सहयोग जुटाउन सम्पुर्ण त्रियुगावासी दाजुभाई, दिदि बहिनि, संघ संस्था, बुद्धीजीवी, शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार, उद्योगी, व्यापारी, व्यसायीहरुमा अनुरोध गरिएको छ । राहत संकलन र वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै नगरपालिकाले नगरपालिकाको प्रकोप व्यबस्थापनको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
अपिलमा भनिएको छ, “जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको ४. भुकम्पले ठुलो धनजनको क्षति पुर्याएको कुरा सर्वविदितै छ । क्षतिको सम्पूर्ण विवरण आउन अझै बाँकि नै छ तथापी पछिल्लो विवरण अनुसार उक्त भुकम्प बाट जाजरकोट र रुकुम पश्चिमका गरि १५७ जनाको दुःखद निधन भएको र २०० जना भन्दा बढी गम्भीर घाईते भएको अवस्था छ । निधन हुनेहरुप्रति गहिरो दुख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र शोक संतप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।“
“यस दुःखद घडीमा पीडित परिवारहरुको उद्धार, घाईतेहरुको यथा शिघ्र उपचार र घरवार विहिन परिवारको पुनर्वासका लागि कतिपनि ढिलासुस्ति नगर्न नेपाल सरकार सँग जोडदार माग गर्दछु। साथै यस उदयपुर जिल्ला र त्रियुगा नगरपालिका क्षेत्र बाट पनि के कति सकिन्छ राहत संकलन गरि मानवीय सेवामा सहयोग जुटाउन सम्पुर्ण त्रियुगावासी संघ संस्था, बुद्धीजीवी, शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार, उद्योगी, व्यापारी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । राहत संकलन र वितरण गर्न एकद्वार प्रणाली बाट गरिने भएकोले यस त्रियुगा नगरपालिकाको नाममा राष्ट्रिय बाणिज्य बैंक, गाईघाट शाखामा रहेको त्रियुगा नगर (जी ए–७–२) प्रकोप वयवस्थापनको खाता नं.ः २०९०१००३०७०२०००४ मा जम्मा गरि दिनहुन हार्दिक अपिल गर्दछु ।“ मेयर बस्नेत द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Last updated:2023 Nov 06 Monday 05:38:08

प्रतिक्रिया
सम्बन्धित समाचार