उदयपुर । निर्माण सुरु भएदेखि पूरा भएसम्म नै अत्यधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘काँडेतार’को च्यारिटी शो उदयपुरमा पनि हुने भएको छ । विशेष गरी सीमा बिबाद र राट्र, राष्ट्रियता र स्वाभिमानका मुद्धाहरु चित्रण गरी निर्माण गरिएको फिल्म काँडेतारको विशेष शो यही कात्तिक १८ गते सदरमुकाम गाईघाटस्थित शुभलक्ष्मी चलचित्र हलमा हुने भएको हो ।
मंगलबार गाईघाटमा पत्रकारहरुसँग कुरा गर्दै नायक तथा निर्माता नवल खड्काले फिल्म काँडेतार आउदो फागुन २५ गतेदेखि देशैभर एकैसाथ प्रदर्शनमा ल्याउने तयारी रहेको बताए । ‘भारतमा निर्माण भएको पछिल्लो सर्वाधिक गद्धर फिल्मजस्तै सुपरहिट कथा र विषयबस्तु समेटिएको छ’ निर्माता खड्काले भने, ‘सम्पूणर् देशभक्ती आम नेपालीले एक पटक अवश्यक हेर्नुपर्ने चललचत्र काँडेतार हेर्न सबैलाई चुल्हे निम्तो ।’
गाईघाटसँगै बिभिन्न मुख्य सहरहरुमा पनि यसअघ च्यारिटी शो भइसकेको छ । राजधानी लगायत पूर्वको बिभिन्न सहरमा यसअघि नै शो भइसकेको नायक खड्काको भनाई छ । स्थानीय वर्गर हाउसको सभाहलमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले नेपाली देशभक्ती भाव झल्कीएको फिल्म काँडेतार निर्माणको क्रममा देशभित्र र बाह्य शक्तिबाट ठूलै दबाब र प्रभाव झेल्नुपरेको कथा सुनाए ।
यसअघि पनि उस्तै कथामा आधारित दशगजा समेत नेपाली फिल्मी उद्योगमा ल्याइसकेका निर्माता खड्काले काँडेतारको क्रममा समेत सेन्सरशीप, प्रहरी र भारतीय खुफिया एजेन्सीका केही व्यक्तिहरुबाट पनि आफूलाई बिभिन्न खाले दबाब आएको खुलाए । नेपाललाई माया गर्ने र देशप्रेमको भावना जागृत गराउन यही कथाबस्तु समेटेर फिल्म निर्माणमा निरन्तर अगाडि बढेको उनले बताए ।
देशभर बिभिन्न ठाउँमा हुने च्यारिटी शोको क्रममा संकलन भएको रकम बिभिन्न समय सीमा बिबाद र झडपमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उपचारका लागि खर्च गरिने फिल्म निर्माण टिमको भनाई छ । जसोतसो चलत्रिच निर्माणको कार्य पूरा गरेपनि प्रदर्शनको समय जुधेकाले समेत केही असहजता भएको निर्माता खड्काले गुनासो समेत गरेका थिए । गाईघाटमा हुने च्यारिटी शोमा एकै दिन बेग्ला बेग्लै तीन पटक प्रदर्शन हुनेछ ।