Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरका थापा बेपत्ता भएको १० दिनपछि सकुशल भेटिए

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १५ २०८०
उदयपुरका थापा बेपत्ता भएको १० दिनपछि सकुशल भेटिए

उदयपुर । उदयपुरदेखि राजधानी काठमाडौं जाने भन्दै हिडेका पुरुष बेपत्ता भएको १० दिनपछि सकुशल भेटिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ पात्लेबासस्थित घरबाट राजधानी काठमाडौं जाने भन्दै हिडेका टंकबहादुर थापा १० दिनपघि भेटिएका हुन् ।

छिमेकी शरद थापाका अनुसार ५४ वर्षीय टंकबहादुर २०८० कात्तिक ४ गते घरबाट काठमाडौं जाने भन्दै हिडेका थिए । तर, उनी जाने भनिएको ठाउँमा अहिलेसम्म नपुगेको र पछिल्लो अवस्था समेत अज्ञात भएपछि परिवारजनले खोजतलास थालिएको थियो ।

बेपत्ता टंकबहादुरको नाता गोता, छरछिमेक, इष्टमित्र सबै सम्भाबित ठाउँहरुमा समेत खोजनलास भईसकेको छिमेकी सरदले बताए । अभिभावक बेपत्ता भएपछि सरोकारवालालाई खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालको तस्वीर सार्वजनिक भएसँगै केही व्यक्तिहरुले देखेर परिवारमा खबर गरेका थिए । हराएका टंकबहादुरलाई बुधबार भक्त कार्कीले फेला पारी परिवारमा खबर गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार