Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा १६ नम्बर वडाको हरेक घरमा तिहारभित्र बिजुली पुर्‍याइने

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १५ २०८०
त्रियुगा १६ नम्बर वडाको हरेक घरमा तिहारभित्र बिजुली पुर्‍याइने

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १६ ले बत्ति पुग्न बाँकी रहेको टोलहरुमा मंगलबार देखी बिद्युत बिस्तारको कामलाई निरन्तरता दिएको छ । उज्यालो वडा अभियान अन्तर्गत वडाले यो बर्ष बाँकी टोलहरुमा पनि तिहार अगाडीनै बत्तिको काम सम्पन्न गर्ने लक्ष्य राखेको अध्यक्ष मान वहादुर राईले जनाए । राईका अनुसार वडाको बिकट टोलहरु, कर्कले, सिम्ले, मन्धने र तामेडाँडाँमा समेत बत्ति बल्ने गरी काम सुभारम्भ भएको छ ।

भौगोलिक बिकटताका कारण बिबिध समस्या सँगै बाँकी ठाउँहरुमा पनि बत्तिको काम सुचारु भएको अध्यक्ष राईको भनाई छ । यस बाहेकको अन्य टोलहरुमा भने बत्तिको पहुँच पुगिसकेको वडाको दावी छ । वडाको लक्ष्य अनुसार यो बर्ष त्रिनपा १६ लाई अध्याँरो मुक्त बनाउने गरी वडा लागि परेको छ । तिहार अगाडीनै काम सकेर बत्तिको साथमा तिहार झिलिमिली बनाउने वडा र वडावासीको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार